Logo

कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता



काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा इन्द्रेणीकै पूर्व कलाकार शर्मिला श्रेष्ठले मुद्दा दर्ता गराएकी हुन् । कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । उनले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारवाही तथा क्षतिपूर्ति माग गरेकी छन् । यस्तो कसुरमा ४ वर्षसम्म जेल सजाय हुन सक्छ ।

एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

गत साता इन्द्रेणीबाट निकालिएका भनिएका ६ जना कलाकारले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेपछि यस विषय बाहिर आएको थियो । पत्रकार सम्मेलनमा शर्मिलाले कँडेलले आफूलाई शारिरिक र मानसिक दुव्यर्वहार गरेको आरोप लगाएकी थिर्यन् । शर्मिलासहितका कलाकारले गम्भीर आरोप लगाएपछि कँडेलेल पनि पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त आरोपको खण्डन गरेका थिए ।

आरोपको खण्डन गर्दै कँडेलले ६ जनाविरुद्ध गालीबेइजतीको मुद्धासमेत हालेका थिए । तर, केहीदिन अघि एकाएका शर्मिला बाहेकका कलाकारसँग सहमति गरेपछि घटनाले नयाँ मोड लिएको थियो । मूख्य पीडित भनिएकी शर्मिलालाई बाहिर राख्दै उक्त सहमति भएपछि शर्मिलाले अदालतमा मुद्दा हालेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्