Logo

भजन शिरोमणि भक्तराज आचार्यको निधन



काठमाडौं,१४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । उनका छोराहरू सत्य र स्वरूप पनि गायक हुन् । ०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।



प्रतिक्रिया दिनुहोस्