Logo

भजन शिरोमणि भक्तराज आचार्यको निधनप्रति एमाले अध्यक्ष अ‍ोलीद्धारा दुःख व्यक्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि भक्तराज आचार्यको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व आचार्यको ८१ वर्षको उमेरमा निधन भएको थियो । आचार्यको निधनप्रति ओलीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै तीन वर्ष अगाडिको भेट सम्झिरहेको उल्लेख गरेका छन् ।

ओलीले लेखेका छन् ‘जहाँ छन् बुद्धका आँखा!! अब यो जादुमय स्वर इतिहास भएको छ । हार्दिक श्रद्धा सुमन भजन शिरोमणि भक्तराज आचार्य !! कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ !! तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु’।

आचार्य स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । उनका छोराहरू सत्य र स्वरूप पनि गायक हुन् । ०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।



प्रतिक्रिया दिनुहोस्