Logo

स्वर्गीय हेमविक्रम सिलवालको वार्षिक पुण्य तिथिको अवसरमा गरियो स्मृति सभा (भिडिओसहित)



काठमाडौं, १४ फागुन । स्वतन्त्र नागरिक समाजमा संस्थापक अध्यक्ष स्वर्गीय हेमविक्रम सिलवालको वार्षिक पुन्य तिथिको अवसरम स्मृति सभा गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समाजले स्वर्गीय सिलवालको सम्झना र उनको योगदानको सम्झना गरेको हो ।

पत्रकार सूर्य नेपालले अहिले मुलुकको अस्मिता र धर्ममाथि प्रहार भइरहेको बताए । अहिले धर्म, संस्कृति र पहिचान मरिरहेको उनको भनाइ छ । वार्षिकी कार्यक्रममा उनले स्वर्गीय सिलवालले समाज र देशलाई पुर्याएको योगदानबारे समीक्षा गरेका थिए । त्यसैगरी, सामाजिक अभियन्ता पुण्य गौतमले स्वर्गीय सिलवाललाई विलक्षण व्यक्तित्वको रुपमा चित्रण गरे । अर्का वक्ता मानव सेवकले स्वर्गीय सिलवाललाई राष्ट्रवादी नेताको रुपमा सम्झिए ।

कार्यक्रममा स्वर्गीय सिलवालकी श्रीमती लक्ष्मी खड्का सिलवाल, महेन्द्र विचारका अभियन्ता अग्नि शमशेर राणाले स्वर्गीय सिलवाल, मितेरी पार्टीका केन्द्रीय अध्यक्ष घनेन्द्र बहादुर बस्नेत, नेतृ अनिता धिताल, राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहाल, नेशनल डेमोक्रेटिक अलायन्सका प्रमुख किशोरी महतो, डा.शात्रदत्त पन्त, विष्णुभक्त तण्डुकारलगायतले उनको आत्माको चीर शान्तिको कामना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्