Logo

इलाम उपनिर्वाचनः अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो



काठमाडौं । आसन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले बुर्लाकोटीलाई इलाम पठाउने निर्णय गरेको हो । उपनिर्वाचनमा टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकता नदिने र सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने रास्वपाको योजना रहेको छ ।

इलाम-२ मा वैशाख १५ गेत उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि रास्वपाबाट पूर्व बैंकर अनिलकेशरी शाह, सहप्रपवक्ता रमेश प्रसाईदेखि पत्रकार मिलन लिम्बूकोसमेत चर्चा हुने गरेको छ । सत्तारुढ दल नेकपा मोओवादी निकटका पत्रकार लिम्बू रास्वपा प्रवेश गरेर उम्मेदवार बन्ने चर्चा चलेपनि त्यो सम्भावना नगरेको रास्वपा स्रोतको भनाइ छ ।

यता लिम्बूले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । रास्वपाले गत वर्ष वैशाखमा भएको उपनिर्वाचनमा तनहुँमा कांग्रेस परित्याग गरेका डा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको थियो । उनले भारी मतकासाथ चुनाव जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्