Logo

पुरुष र महिला खेलाडीबीच पारिश्रमिकमा विभेद गरिएको भन्दै बाबुरामले उठाए प्रश्न



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले महिला र पुरुष खेलाडीबीच पारिश्रमिकमा फरक पारिएको भन्दै प्रश्न उठाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार क्रिकेटरहरुको वर्गीकरण गर्दै पारिश्रमिक निर्धारण गरेको थियो । जसमा ए ग्रेडमा हुने पुरुष खेलाडीले मासिक १ लाख पाउँदा महिलाले भने ५० हजार मात्र पाउने छन् ।

“ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग-३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा ४ मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन।” भनेर लेखेको उल्लेख गर्दैै क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विदेद कसरी गर्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

क्यानले सोमबार महिला खेलाडी र पुरुष खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । क्यानले तोकेको पारिश्रमिकमा ए मा परेका पुरुष खेलाडीले १ लाख पारिश्रमिक पाउँछन् भने ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् ।



प्रतिक्रिया दिनुहोस्