Logo

टी-२० सिरिज: टस हारेको नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौं । नेपाल नामिबिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

त्रिविस्थित क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी



प्रतिक्रिया दिनुहोस्