Logo

झलनाथलाई भेट्न चिनियाँ राजदूत सोङ् डल्लुमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि सहभागी रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्