Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ।

बैठक आज बिहान साढे आठ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । आजको बैठक नेताहरूको कार्यविभाजन गर्न बसिरहेको हो ।

यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बसेको हो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने छ ।

आजको बैठकमा माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसका जिल्लामा गर्ने भनेको संगठन सुदृढीकरण अभियान, उत्तर–दक्षिण अभियानसहितका विषयमा पनि छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्