Logo

एकीकृत समाजवादीका उपमहाचिव पौडेललाई ऋण तिर्न बैंकको ३५ दिने अल्टिमेटम



काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेललाई ऋण तथा कर्जा चुक्ता गर्न बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रभु बैंक लिमिटेडबाट उनले जनता प्रशारण तथा प्रकाशन पब्लिक लिमिटेडको नाममा उनले लिएको ऋण तिर्न आउन बैंकले ताकेता गरेको हो ।

कर्जाको किस्ता (साँवा, ब्याज) भुक्तानीका लागि पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको बैंकले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ । त्यसैगरी, उक्त सूचना अवधिभरमा ऋण चुक्ता नगरे धितो सुरक्षणवापत रहेको सम्पत्तिबाट असुलउपर गरिने सार्वजनिक सूचनामा उल्लेख छ ।

उपमहासचिव डा.पौडेल जनता प्रशारण तथा प्रकाशन पब्लिक लिमिटेडबाट सञ्चालित जनता टेलिभिजनका सञ्चालक हुन् ।



प्रतिक्रिया दिनुहोस्