Logo

टी-२० सिरिज: करणले लिए लिंगेनको विकेट



काठमाडौं । नेपाल नामिबिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

त्रिविस्थित क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरिरहेको छ । खेलको ६।६ ओभरमा करण केसीको बलमा माइकल भान लिंगेन आउट भएका छन् ।

लगातार डट खेलेका उनी ठूलो सटको धुनमा एज लागेर गुलशन झाबाट क्याच लिएका हुन् । १९ बलको सामना गरेका उनले २० रन जोडेका थिए । ताजा अवस्थामा नामिबियाले ७ ओभरमा १ विकेट गुमाएर ३९ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्