Logo

मेनुका पौडेलको स्वरमा रहेको गीत ‘बर्बादी’ सार्वजनिक



काठमाडौं, १५ फागुन । इन्डियन आइडलमा पाएको सफलताबाट चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बर्बादी’ सार्वजनिक भएको छ । गायनमा मेनुकालाई सीडी विजय अधिकारीले साथ दिएका छन् । उक्त गीत क्षितिज सापकोटा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतको शब्द क्षितिज सापकोटाको रहेको छ भने विजय अधिकारीको संगीत र संगित संयोजन पुस्कर क्षेत्रीको रहेको छ ।

गीतको म्युजिक भिडिओ प्रहिल कार्कीले निर्देशन गरेका छन् । म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, निर्मल भण्डारी, दिपेन्द्रराज गिरीलगायतको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्