Logo

इटनको विश्व कीर्तिमानी शतकमा नामिबियाले दियो नेपाललाई २०७ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालविरुद्ध आक्रामक व्याटिङ गर्दै नामिबियाले २०७ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टि(इटनको पवश्व कीर्तिमानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन जोड्यो ।

लफ्टी इटनले ३३ बलमा शतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।

मल्लले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए । करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो ।

इटोनको अतिरिक्त मलान क्रुगरले ५९ रन जोड्दा माइकल भान लिंगेनले २० रन थपे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot