Logo

१९ओभरमै अलआउट भयो नेपाल, नामिबियाको विजयी सुरुवात



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८।५ ओभरमा १८६ रनमा अलआउट भयो ।नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २-२ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्