Logo

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता



काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डमा गरेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ ।

मिटरब्याज पीडितहरुद्वारा शान्तीबाटिकामा आायोजित सभालाई पार्टीका शीर्ष नेता राजेन्द्र श्रेष्ठले सम्बोधन गरेका थिए । नेता श्रेष्ठले पीडितहरुको न्यायपूर्ण माग सम्बोधन गराउन आफ्नो पार्टीले दबाबपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य लालबहादुर तामाङ, पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत, केन्द्रीय सदस्य अर्जुन लम्साललगायतका नेताहरु पीडितहरुसँगै धर्ना बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्