Logo

‘प्रचण्ड-देउवाबीचको सम्बन्ध सुमधुर, समस्या गगन-विश्वप्रकाशसँग’



काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुनै प्रकारको समस्या नरहेको बताएका छन् ।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड–देउवाबीच सुमधुर सम्बन्ध रहेपनि महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला, शंकर भण्डारीलगायतले बेला–बेला सरकार र गठबन्धनलाई अप्ठ्यारो पार्ने काम गरिरहेको बताएका हुन् ।

‘शेरबहादुर र प्रचण्डको बीचमा कुनै समस्या छैन । समस्या भनेको तलका यी गगनहरु, विश्वप्रकाशहरु, शंकरहरु यिनीहरुसँगको समस्या हो । शेरबहादुर र प्रचण्डबीचमा समस्या छैन,’– उनले भने ।

गगन, विश्वप्रकाश, शेखरलगायतका नेताहरुले माओवादीलाई चिढ्याउन चाहेको नेता दाहालले बताए । तर, पनि कांग्रेस माओवादीको सहयात्रा नटुट्ने र ०८४ मा पनि गठबन्धन गरेरै निर्वाचनमा सहभागी हुने सम्भावना प्रवल रहेको उनले बताए ।

कांग्रेस ०८४ को निर्वाचनमा एक्लै लडे ४० सिट पनि नजित्ने उनको ठोकुवा छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot