Logo

अर्धशतक हिर्काएर आउट भए रोहित, दबाबमा नेपाल



काठमाडौं,१६ फागुन । टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट पनि गुमाएको छ ।

चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।

३६ बलको सामना गरेका उनी स्याब्रान्ड एंगेलब्रेक्टको बलमा ५० रन बनाएर आउट भएका हुन् । यसअघि तेस्रो विकेटका रुपमा कुशल मल्ल ११ रन जोडेर आउट भएका थिए । ताजा अवस्थामा नेपालले १२ ओभरमा ४ विकेट गुमाएर १०४ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्