Logo

युट्यूबर मनोज मानव कारागार चलान



काठमाडौं । मनोज मानव भनेर चिनिने युट्यूबर मनोज कुमार महतो कारागार चलान भएका छन् । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

नोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्