Logo

नेविसंघ कोटेश्वर क्याम्पसद्वारा अन्तर-कलेज फुटसल कम्पिटिसन आयोजना



काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पसले अन्तर–कलेज फुटसल आयोजना गरेको छ । आगामी फागुन १९, २० र २१ गते मध्यपुर फुटसल क्लब लोकन्थली, भक्तपुरमा अन्तर–कलेज फुटसल आयोजना गरिएको हो ।कार्यक्रममा ३० देखि ५० वटा क्याम्पसले सहभागिता जनाउने सम्भावना रहेको बताइएको छ ।

उक्त फुटसल टुनामेन्टलाई वीच एजुकेशन, स्ट्रिङ र राष्ट्रिय बाणिज्य बैंकले स्पोन्सर गरेका छन् । त्यसैगरी, फुटसल पाट्नर क्लब मध्यपुर, मिडिया पाट्नर रिपोर्टर्स नेपाल, मेडिकल पाट्नर मध्यपुर अस्पताल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot