Logo

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै बालुवाटार घेर्न अघि बढे मिटरब्याज पीडितहरु (फोटोफिचार)



काठमाडौं, १७ फागुन । मिटरब्याज पीडितहरु बालुवाटार घेर्न अगाडि बढेका छन् । उनीहरुलाई भृकुटीमण्डपमा नै प्रहरीले रोक्ने खोजेपनि प्रमुख जिल्ला अधिकारीको आदेश पछि उनीहरु त्यहाँबाट निस्किएर बालुवाटारतर्फ अगाडि बढेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीका विरुद्धमा चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले सिट्ठीसमेत बजाएका थिए । आफूहरुको माग सरकारले सुनोस् भन्ने हेतुले उनीहरुले प्रदर्शनको क्रममा सांकेतिक रुपमा सिटी बजाएको बताएका छन् ।

उनीहरु २३ दिन पैदल हिँडेर अघिल्लो साता काठमाडौं आइपुगेका थिए । सकारले उनीहरुलाई वार्तामा बोलाएपनि पटक–पटकको वार्ता निश्कर्षविहीन बनेको छ ।

फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने र अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मिटरब्याज पीडितहरुको माग छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot