Logo

गठबन्धन बलियो जगमा उभिएको छः माधव नेपाल



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन बलियो जगमा उभिएको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले वर्तमान सत्ता गठबन्धन नधर्ममराएको बताएका हुन् । अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन् ।

‘गठबन्धन धर्मराएको छैन, बलियो जगमा उभिएको छ । यसलाई केही पनि हुँदैन,’– उनले भने ।

साथै, राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्तारुढ दलभित्र आ–आफ्नो दाबी भएपनि उक्त विषय सहमतिमै टुङ्गिने उनले विश्वास ब्यक्त गरे । उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको र कुनै दरार देखिए छलफल गरेर समाधान गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot