![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Tarun-Kavre-768x432.jpg)
काठमाडौं, १७ फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई काभ्रेमा काभ्रे तरुणले भव्य स्वागत गरेको छ । अध्यक्ष गुरुङ काभ्रेको अट्ठाइस किलोस्थित पन्चमुखी हनुमानगढीको दर्शन गर्न गएका थिए । अध्यक्ष गुरुङले सयौं तरुणहरुसहित मन्दिरमा पूजा गरे ।
तरुण दल काभ्रेको निवर्तमान अध्यक्ष एवं भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा र काभ्रे तरुण दल अध्यक्ष सुजन लामासहित उल्लेख्य सङ्ख्यामा उपस्थित भएका तरुणहरुले अध्यक्ष गुरुङलाई खादा मालाले स्वागत गरेका थिए । अध्यक्ष गुरुङलाइ काभ्रेका तरुणहरुले स्कर्टिङसमेत गरेका थिए ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Tarun-Kavre-1-768x346.jpg)
![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Tarun-Kavre-2-768x346.jpg)
![](https://reportersnepal.com/wp-content/uploads/2024/02/Tarun-Kavre-3-768x346.jpg)