Logo

प्रतिनिधि सभा बैठक सुरु (LIVE)



काठमाडौं, १८ फागुन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् ।

बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक वडापत्र’ प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन् भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।

त्यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङ्कन विधेयेक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस्