Logo

स्वास्थ्य क्षेत्रमा अधिकतम् बजेट विनियोजन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता



काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस पटक स्वास्थ्य क्षेत्रमा अधिकतम् बजेट विनियोजन गरिने बताएका छन् । आज (शुक्रबार) चितवनको भरतपुर आँखा अस्पतालको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको बजेट निर्माण प्रक्रिया विगतको भन्दा नयाँ ढंगबाट अगाडि बढेको र स्वास्थ्य क्षेत्रमा अधिकतम् बजेट विनियोजन हुने बताएका हुन् ।

‘अहिले सरकारको नीति तथा बजेट निमार्ण प्रक्रिया नयाँ शिराबाट थालिएको छ । विगतको भन्दा भिन्न रुपबाट अगाडि बढाइएको छ । स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ अधिकतम् बजेटको ब्यवस्था गर्ने कोशिस यो पटक हुन्छ । यो विश्वास पनि म दिलाउन चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्