Logo

संसद्मा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई सभामुखको पाँचौं पटक रुलिङ



काठमाडौं, १८ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्मा सरकार र सरकारका मन्त्रीहरुमाथि उठेका प्रश्नको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेपछि सभामुखले सरकारलाई जवाफ दिन निर्देशन गरेका हुन् ।

सभामुख घिमिरेले सरकारलाई जवाफ दिन निरन्तर रुलिङ गरेपनि अहिलेसम्म सरकारले जवाफ दिने छाटकाँट देखाएको छैन । पछिल्लो घटनाक्रमबारे जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेको यो पाँचौं पटक हो । विवादित र सार्वजनिक प्रश्न उठेका मन्त्रीहरुको राजीनामा वा खर्बास्तीको माग गर्दै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले लामो समयदेखि संसद् अवरोध गरिरहेका छन् ।

साथै, प्रतिपक्षहरुले मिटरब्याज पीडितहरु र दुग्ध किसानहरुको समस्या समाधानको लागि सरकारको ध्यानाकार्षण गराएका छन् । उनीहरुले काठमाडौं महानगर प्रहरीको ज्यादतिका कारण घाइते भएकाहरुको बारेमा पनि संसद्मा आवाज उठाएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्