Logo

कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन सक्दैन, छलफल गरेर टुङ्गो लगाउँछौंः देउवा



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलमा छलफल गरेर राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका छन् ।

आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसक्ने भएकाले गठबन्धन दलबीच छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।

साथै, उनले सत्ता गठबन्धन दलबीच कुनै प्रकारको समस्या नरहेको बताए । उनी भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन गएका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निमन्त्रणामा देउवा, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल भरतपुर पुगिसकेका छन् ।

साथै, उक्त कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि भरतपुर जाने बताइएको छ ।

File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot