Logo

वर्ल्ड युथ फेस्टिभलमा सहभागी हुन नेपाली टिम रसियामा



काठमाडौं, १८ फागुन । वर्ल्ड युथ फेस्टिभलमा सहभागी हुन नेपाली टिम रसिया पुगेको छ । रसियाको सोचीमा हुने उक्त समारोहमा विश्वभरका १९३ देशबाट १८–३५ उमेर समूहका युवाहरुको सहभागिता रहेको छ । कार्यक्रम आज (मार्च १ देखि ८) देखि २५ गतेसम्म चल्नेछ ।

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अधयक्ष सुबोधराज शेर्पाली पनि उक्त कार्यक्रममा सहभागी हुन रसिया पुगेका छन् । उक्त कार्यक्रममा नेपालबाट १४० जनाको टोली रसिया गएको हो ।

माओवादी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट युवा संघ र विद्यार्थी संघमा आवद्ध नेताहरु, कर्मचारी, खेलाडी लगायतको टिम रसिया पुगेको एकीकृत समाजवादीका नेता सुदीप शर्माले जानकारी दिए ।

वर्ल्ड युथ फेस्टिभलको मूल नारा युथ एक्सचेन्ज रहेको नेता शर्माले बताए । उनले उक्त समारोहमा सामाजिक, आर्थिक, राजनीतिकलगायतका समस्याका बारेमा छलफल र संवाद हुने बताए । साथै, सांस्कृतिक आदन–प्रदानको हिसाबले पनि वर्ल्ड युथ फेस्टिभल एकदमै महत्वपूर्ण रहेको नेता शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्