Logo

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनार्थ र्‍याली प्रर्दशन र आमसभा गर्दैै शाही युवा शक्ति नेपाल



काठमाडौं, १८ फागुन । शाही युवा शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः गद्धी आरोहणका लागि भोलि (फागुन १९ गते) रत्नपार्कदेखि नारायणहिटीसम्म र्‍याली प्रदर्शन र आमसभा गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको जानकारी गराएइएको हो ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्रको विरोध र पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रो पटक गद्धी आरोहण गराउन र्‍याली आयोजना गरिएको बताए । उनले उपत्यकामा बसोबास गर्ने नागरिकहरुलाई दुई घण्टाको समय दिएर आमसभामा सहभागी हुन आग्रह गरे । आफूहरुलाई भेट्दाखेरी राजा कहिले आउँछ भनेर सोध्नेहरुलाई दुई घण्टा समय दिएर आम सभामा आउन आग्रह गरे । राजसंस्था पुनर्स्थापना हुन्छ भन्नेमा आफूहरु ढुंक्क रहेको बताए ।

गणतन्त्रका मतियारहरुले देश ध्वस्त बनाएको उनको आरोप छ । उनले सामाजिक सञ्जालमा राजा चाहियो भनेर लेख्नेहरुलाई पनि आमसभा र र्‍यालीमा सहभागी हुन आग्रह गरे । भएभरका राजावादीहरुलाई सडकमा उतारेर राजसंस्था पुनर्स्थापना गर्ने प्रतिवद्धता केही समयमै पूरा हुने उनको दाबी छ ।

साथै, शाही युवा शक्ति नेपालको उक्त र्‍याली र आमसभामा फेयरलेस नेपालले ऐक्यवद्धता जनाएको छ । कार्यक्रममा ईश्वर रोकाय, रुपेश खड्का, विरेन्द्र सेन, लक्ष्मण श्रेष्ठलगायतले राजा, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आ–आफ्नो भनाइ राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्