Logo

प्रचण्ड–देउवा एउटै जहाजमा काठमाडौं फर्किए



काठमाडौं, १८ फागुन । भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एउटै जहाजमा काठमाडौं फर्किएका छन् ।

कांग्रेसको पछिल्लो गतिविधिका कारण देउवा–प्रचण्डबीचको सम्बन्ध चिसिएको धेरैले अनुमान लगाएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसका पछिल्ला गतिविधि अस्वभाविक भएको अभिव्यक्ति दिँदै आएका थिए ।

छिट्टै नै राजनीतिक कोर्श परिवर्तन हुने चर्चा राजनीतिक वृत्तमा चलिरहेको थियो । उक्त परिस्थितिमा पनि सभापति देउवा वर्तमान सत्ता गठबन्धन पूरै समय टिक्नेमा विश्वस्त देखिन्थे । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए ।

कम्युनिष्ट नेतृत्वको नयाँ गठबन्धन बन्ने र सत्ता समीकरण परिवर्तन हुने हल्लाका बीच उनीहरु एउटै जहाजमा फर्किनुले नयाँ सन्देश प्रवाह गरेको छ । वर्तमान सत्ता गठबन्धन जोगाउन देउवा थप लचिलो भएका छन् । स्रोतका अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई दिएर भनेपनि देउवा वर्तमान गठबन्धनलाई जोगाउन चाहन्छन् ।

साथै, चितवनमा कोही नेताहरुबीच वान टू वान वार्ता नभएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot