Logo

आमाको काजकिरियामा बसेका नेता चन्द्र भण्डारीलाई तरुण अध्यक्ष गुरुङसहितका टोलीको समवेदना



काठमाडौं, १८ फागुन । पशुपतिको किरियापुत्री भवनमा आमाको काजकिरियामा बसेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई नेपाल तरुण दलका अधयक्ष विद्वान गुरुङसहितको टोलीले भेटेर समवेदना ब्यक्त गरेको छन् ।

एक बर्षअघि ग्यासको सिलिण्डर पड्केर नेता भण्डारीकी आमाको मृत्यु भएको थियो । उक्त घटनामा र नेता भण्डारी सख्त घाइते भएका थिए । उनलाई उपचारको लागि भारत लगिएको थियो । सल्यक्रियापछि उनी नेपाल फर्किएका थिए ।

आफ्नी आमाको काजकिरियामा त्यसबेला बस्न नपाएपछि उनी अहिले बसेका हुन् । उनी पशुपतिको किरियापुत्री भवनको ११४ नम्बरको कोठामा सामान्य रुपमा बसेका छन् । अध्यक्ष गुरुङले भेटका क्रममा समवेदना व्इक्त गरे ।

नेता भण्डारी आमाको किरियामा बसेको आज आठौं दिन हो । आगामी फागुन २३ गते हिन्दु् विधि विधानअनुसार १३औं पुन्य तिथिको कर्म गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्