Logo

काठमाडौं महानगरले आफूहरुमाथि ज्यादती गरेको भन्दै कवाड ब्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए



काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै कवाड ब्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज कामाडौं महानगरलाई सचेत गराउनभन्दै प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरले महानगरबाट कवाड ब्यवसाय हटाउने निर्णय गरेको र उक्त निर्णय देशको संविधान र कानुनविपरीत रहेको उनीहरुको भनाइ छ । स्वतन्त्रपूर्वक व्यापार ब्यवसाय गर्नपाउने आफूहरुको अधिकारमाथि काठमाडौं महानगरले कुनै विकल्प नदिई हस्तक्षेप गरेको उनीहरुको भनाइ छ ।

काठमाडौं महानगरबाट कवाड व्यवसाय विस्थापित गराउनु भन्दा पनि थप ब्यवस्थित गर्न आवश्यक रहेको उनीहरु बताउँछन् । कवाड ब्यवसायीहरुले महानगर सफा राख्न योगदान गर्दा पनि आफूहरु अपमानित हुनुपरेको उनीहरुको गुनासो छ ।

साथै, आम जनता पार्टी (आजपा) ले कवाड ब्यवसायीहरुको आन्दोलनमा समर्थन जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्