Logo

आन्दोलनरत दुग्ध किसानहरुलाई सरकारले वार्तामा बोलायो



काठमाडौं, १९ फागुन । आन्दोलनरत दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । सरकारले ६ अर्बभन्दा बढी बक्यौता नदिएको भन्दै उनीहरु आन्दोलित थिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज (शनिबार) दिउँसो १ बजे वार्ताका लागि दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई बोलाएको छ ।

संघका अध्यक्ष अमर कुँबरले सकारले वार्तामा बोलाएको र आफू सहभागी भएर मागहरु राख्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot