Logo

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी प्रदेशसभालाई सम्बोधन (भिडिओसहित)



काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गरेका छन् । आज (शनिबार) प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी विशिष्ट पहिचानसहितको प्रदेश रहेको बताए । उनले नेपालले संघीयताको अनुपम र नविन अभ्यास गरेको बताए ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि शान्तिको उद्गम भूमि र पुण्य भूमिका रुपमा मात्रै नभएर क्रान्तिकारी आन्दोलनको नेतृत्व, अग्रगमन परिवर्तनको दृष्टिले समेत उत्तिकै परिचित रहेको उनले बताए । उनले लुम्बिनी क्रान्ति र शान्तिको दृष्टान्तको भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्