Logo

नआत्तिई पेशा, व्यवसायमा लाग्न उद्योगी, ब्यवसायीलाई नेता सिंहको आग्रह



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्योगी ब्यवसायीलाई नआत्तिई आफ्नो पेशा व्यवसायमा लाग्न आग्रह गरेका छन् । आज (शनिबार) चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आर्थिक नीतिमा रहेको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने बताए ।

नेता सिंहले व्यवसायीहरूलाई ढुक्क भएर आफ्नो पेशा, व्यवसायमा लाग्न आग्रह गरे । साथै, राज्यले कानुनी रुपमा रहेका केही जटिलताहरुलाई पनि व्यवसायीहरुको पक्षमा हुनेगरी सम्बोधन गर्ने विश्वास व्यक्त गरे । राज्यको आर्थिक नीतिमा रहेका समस्याहरुलाई सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाइने उनले बताए । File photo/RN



प्रतिक्रिया दिनुहोस्