Logo

तरूण दल सुर्खेतका विनोद गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष गुरुङको माग



काठमाडौं, २० फागुन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरूण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भौतिक आक्रमण गर्नेलाई कारबारहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराएका छन् । तरूण दल सुर्खेत जिल्ला सदस्य रहेका गिरीमाथि केहि हुलिया खुलेका र अपरिचित ब्यक्तिहरुले ज्यान मार्ने उद्देश्यले विरेन्द्रनगरमा गोली प्रहार भएका बताइएको छ ।

‘ज्यानै मार्ने उद्देश्यले निहत्था तरूण साथीमाथि गरिएको उक्त पेस्तोल आक्रमणको दल घोर निन्दा र भर्त्सना गर्दै उक्त अपराधिक कृयाकलापमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई कानुनको कठघरामा ल्याई हदैसम्मको कारबाहीको लागि सरकारसँग जोडदार माग गर्दछौं,’– तरुण दल केन्द्रीय अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले घटनाको सत्यतथ्य छानवीन गरी जनता समक्ष ल्याई आम नागरिकमा देखिएको त्रास र भयको वातावरण अन्त्य गर्नसमेत सरकारको ध्यानाकार्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्