Logo

उपनिर्वाचनमा इलामबाट उम्मेदवारी दिने कांग्रेस नेता लिङ्देनको उद्घोष



काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता रमेश लिङ्देनले उपनिर्वाचनमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेको उपनिर्वाचनमा उनले उम्मेदवारी उद्घोष गरेका हुन् । कांग्रेसको पक्षमा परिणाम ल्याउन उक्त ठाउँमा आफू उपयुक्त पात्र भएको उनले बताए । नेता लिङ्देनले आफू इलाम–२ को सबै ठाउँका जनतासँग परिचित रहेकोसमेत बताए ।

‘यो विषय पार्टीलाई छोडिदिऊँ । पार्टीले दिने नदिने पार्टीको कुरा भयो । मेरो अपील र अनुरोध पार्टीलाई के हो भने यदि परिणाम निकाल्नु छ, नेपाली कांग्रेसको पक्षमा परिणाम निकाल्नु छ भने म उपयुक्त विकल्प हो । लगभग म चुनाव जित्छु । इलाम–२ को सबै ठाउँमा परिचित छु । गाउँमै बस्छु । भुईँ मान्छे नै हुँ । म परिणाम पार्टीलाई दिन्छु,’– उनले भने ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा इलाम–२ बाट निर्वाचित भएका नेकपा (एमाले) का नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । साथै, एमालेले त्यहाँ स्वर्गीय नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot