Logo

बाख्रा फार्ममा आगलागी, एक करोडभन्दा बढीको क्षति



काठमाडौं, २० फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ लप्सेस्थित विष्णुमाया गिरीले सञ्चालन गरेको विष्णु एग्रो फार्म (बाख्रा फार्म) मा आगलागी भएको छ । गएराति करिब १२ बजेतिरको समयमा हाई भोल्टेज विद्युत प्रवाह हुँदा आगलागी हुन पुगेको बताइएको छ ।

आगलागीमा फर्ममा पालिएका करिब दुई सय बोयर जातका बाख्रापाठ जलेर मरेका छन् । उक्त आगलागीमा एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्