Logo

सिके राउतको बालेनलक्षित अभिव्यक्तिः कवाड सोच भएका नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्छ



काठमाडौं, २० फागुन । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले कवाड व्यवसायीहरुको आन्दोलनमा समर्थन जनाएका छन् । कवाड ब्यवसायीलाई हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध कवाड व्यवसायी समाज केही दिनदेखि आन्दोलनमा छ ।

उनीहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका नेता राउतले काठमाडौंबाट कवाड ब्यवसायीलाई भन्दापनि कवाड सोच भएका नेताहरुलाई काठमाडौंबाट विस्थापित गराउन पर्ने बताए ।

‘कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो । कवाड व्यवसायलाई विस्थापन होइन, व्यवस्थापन गर्ने हो । कवाड व्यवसायीले काठमाडौं सफासुग्धर पारेका छन् । काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot