Logo

पुण्य गौतम र युवराज सफल पक्राउ



काठमाडौं, २० फागुन । त्रिवि शिक्षण अस्पताल परिसरबाट स्वघोषित सामाजिक अभियन्ताहरु पुण्य गौतम र युवराज सफल पक्राउ गरेका छन् । शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर अस्पतालमै प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गौतम र सफल दुवै जनालाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोस्टमार्टम रिपोर्ट आज आएको थियो । परिवारका सदस्यलाई उक्त पोस्टमार्टम रिपोर्ट दिइनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्