Logo

रविलाई ‘गृह’ फाइनल हुँदा वर्षमान, पदम र उपेन्द्रलाई के ?



काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बदलेसँगै पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट वर्षमान पुन र नेकपा एमालेबाट पदम गिरीले मन्त्रीका रुपमा सपथ खाने सम्भावना छ ।

रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपेन्द्र यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वर्षमान पुन अर्थमन्त्री र पदम गिरी स्वास्थ्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

एमालेबाट सरकारको नेतृत्व गरेर को जाने भन्ने कुरा टुंगिसकेको छैन । उपेन्द्र आफैं मन्त्री बन्न लागेका छन् । जसपाबाट उपेन्द्रले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको दाबी गरेका छन् ।वर्षमान उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पदम गिरीले स्वास्थ्यमन्त्रीको रुपमा सपथ खाने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्