Logo

अब सातै प्रदेशमा एमाले-माओवादीको सरकार



काठमाडौं, २१ फागुन । संघीय सरकारमा सत्ता गठबन्धनमा उलटफेर आएसँगै अब सातै प्रदेशमा एमाले–माओवादीको सरकार बन्ने भएको छ ।

कांग्रेस–माओवादीको गठबन्धन टुटेसँगै संघ हुँदै प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुन लागेको हो । अहिले कांग्रेसको नेतृत्वमा गण्डकी, लुम्बिनी कोशी र सुदूरपश्चिम प्रदेश सरकार रहेको छ ।

संघीय सरकारबाट कांग्रेस बाहिरिएसँग कांग्रेसका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो । स्रोतका अनुसार नयाँ सत्ता गठबन्धनमा एमालेले ३, माओवादीले २ र बाँकी २ प्रदेश गठबन्धनका अन्य दलले नेतृत्व गर्ने गरी सहमति जुटेको छ ।



प्रतिक्रिया दिनुहोस्