Logo

सत्ता गठबन्धन उलटफेर र नयाँ मन्त्रीको शपथबारे जानकारी गराउन शीतलनिवास पुगे प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न उनी शीतलनिवास गएका हुन् ।

स्रोतका अनुसार, उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँगको नयाँ समीकरण बनाएका छन् ।

‘प्रचण्ड’ नेतृत्वमा नेकपा एमालेसहितका दलको नयाँ गठबन्धन आज बनेको छ । एमाले रास्वपा र जसपा सहित बनेको उक्त गठबन्धनबाट आज पहिलो चरणमा चार जना मन्त्री नियुक्त गर्ने प्रचण्डको तयारी छ ।

प्रचण्डले आज पदम गिरी, रवि लामिछाने, उपेन्द्र यादव र वर्षमान पुनलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot