काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाईएको बैठक राजनीतिक समीकरण फेरबदल पछि स्थगित भएको संसद सचिवालयले जनाएको छ । अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।
विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।यसअघि आजै बोलाईएको प्रतिनिधि सभाको बैठक पनि २४ गतेसम्मका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धन बनाएका छन् । नयाँ सत्ता गठबन्धनको बैठकले आजै चार जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डले आज नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबा एक एक जना मन्त्री नियुक्त गर्नेछन् ।