Logo

देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई भने, ‘गठबन्धन टुट्यो’



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा गठबन्धन टुटेको जानकारी गराएका छन् । देउवाले आज बुढानीलकण्ठमा बैठक बोलाएका थिए ।

साथै, देउवाले कांग्रेसले नचाहेपनि प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको ब्रिफिङ गरे । सो क्रममा आफ्ना मन्त्रीहरुलाई राजीनामा नदिन पनि देउवाले भनेको बताइएको छ ।

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्डले भने बर्खास्त गर्ने तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot