काठमाडौं, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सत्ता केन्द्रीत चलखेलमा सामेलद नरहेको र नहुने बताएका छन् । वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको उनको दाबी छ ।
उनले अहिलेको आवश्यकता अवस्था परिवर्तन रहेको बताए । अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य गर्नु आवश्यक रहेको उनले बताएका छन् । राप्रपा सोही बाटोमा रहेकोसमेत उनले बताए ।
‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ,’– सामाजिक सञ्जालमार्फत भनेका छन् ।