Logo

मन्त्री बन्न लागेका गिरी,अर्याल र तामाङको शपथ साँझ ५ बजे



काठमाडौं,२१ फागुन । यसअघिको १० दलीय सत्ता गठबन्धन दुर्घटनामा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । प्रचण्डले आज नेकपा एमाले, रास्वपा र माओवादीबाट एक एक जनालाई मन्त्री बनाउने भएका हुन् ।

प्रचण्डले आज एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र माओवादी केन्द्रका हितबहादुर तामाङलाई मन्त्री नियुक्त गर्दैछन् । आज नियुक्त हुने मन्त्रीको शपथ साँझ ५ बजेका लागि तय भएको छ । प्रचण्डले यसबारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि जानकारी गराईसकेका छन् ।

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्। तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए । माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले यही ल्होछारमा टुँडिखेलमा तामाङ समुदायबाट एक जना मन्त्री बनाउने वाचासमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्