Logo

गठबन्धनबाट आउट भएपछि कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । गठबन्धनमा फेरबदल आएपछि कांग्रेस सरकारबाट बाहिरिने निश्चित भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए । देउवाले उक्त बैठकमा गठबन्धन टुटेको ब्रिफिङ गरे ।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकलगत्तै कांग्रेसले भोलि (फागुन २२ गते) दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot