काठमाडौं,२२ फागुन । पूरानो गठबन्धन दुर्घटनामा परेपछि कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा दिएका हुन्।
सोमबार केन्द्रको कांग्रेस(माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका छन् ।
यसअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादीबाट मन्त्री बनेका दुई जना मन्त्तीलाई आजै बर्खास्त गरेका छन् ।