काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।
नयाँ समीकरण बनेपछि मन्त्रीबाट पदमुक्त भएका साउदले सामाजिक संजालमा लेख्दै झण्डै एक वर्षको कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् ।
उनले जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी रहेको बताए।
राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि इमान्दार प्रयास राख्ने बताए।
उनले भनेका छन् ‘झण्डै एक वर्ष मुलुकको परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी बहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, संचारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु । जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको छ र छिट्टै सकारात्मक नतिजा आउनेमा म आशावादी छु। राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि मेरो इमान्दार प्रयास र योगदान जारी रहनेछ। जय नेपाल।’