Logo

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२२ फाुगन । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन अध्यक्ष चौलागाईसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, बडा नं- ३ का वडाध्यक्ष सालीग्राम ऐडी, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव-इन्जिनियर अजय भन्ने अज बहादुर बुढाविरुद्ध विशेष् अदालतमा भ्रैष्टाचारको मुद्दा दायर गरेको हो ।

चंखेली गाउँपालिका वडा नं। ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले आ।व। २०७४र०७५ मा मेलादेखि बासलधारासम्म बाटो निर्माण योजनामा उक्त कार्यको नापजाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरुलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot